

काठमाडौँ ।
सोमबार घटेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ । चाँदी पनि आज उच्च मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य १ लाख ६८ हजार ५सय कायम भएको छ । हिजो सुनको मूल्य १ लाख ६७ हजार रुपैयाँ थियो ।
आज एकैदिन १ हजार ५सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो । चाँदी पनि आज सर्वाधिक महँगो बनेको छ । चाँदी आज तोलाको २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
