Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व राष्ट्रपति डा. रामवरण यादवको चिन्ताः मधेसको शैक्षिक स्तर खस्किदै गईरहेको छ





जनकपुरधाम ।
नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादव मधेशको शैक्षिक गुणस्तर घट्दै गईरहेकोमा चिन्ता व्यक्त गरेका छन् । राजर्षि जनक विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले कुनै समय शिक्षाको हबको रुपमा रहेको मधेस नै शैक्षिक रुपमा कमजोर हुँदै जानु चिन्ताको विषय रहेको बताए ।
स्थानिय दानविरहरुको दान र त्यागले मधेसमा स्थापित शैक्षिक गुणस्तरीयतालाई समयमै बचाउन नसकिएको उनले दुखेसो गरे । पुर्व राष्ट्रपति डा. यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेशको शिक्षा र स्वास्थ्य ध्वस्त भएको पतै नलागेको बताए ।
उनले जनकपुरधाम सहित धनुषाको विभिन्न तत्कालिन चर्चित विद्यालयहरुको उदाहरण दिदै सबै विद्यालय निर्माणको कामको पहलकदमी राजनितिक दलका नेताहरुले नै लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय देशमा भएको राजनितिमा व्यस्त हुदाहुदै शिक्षा र स्वास्थ्य धरासयी बनेको बताए । उनले कार्यक्रममा उपस्थित लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेशको शिक्षा र स्वास्थ्य धरासायी बनेको भन्ने तर्कमा समर्थन सहित प्राकृतिक स्रोत र कृषि उत्पादन पनि ध्वस्त भएकाले यसमा पनि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्व विद्यालय स्थापनामा राज्य संयन्त्र आनाकानी गर्दा हामीले चेतावनी दिएपछि मात्रै मानेको भन्दै विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै यसलाई बचाउनु सबैको कर्तव्य रहेको बताए ।
कांग्रेसका पुर्व उपसभापति विमलेन्द्र निधीले आफुहरु विश्व विद्यालय स्थापनाका लागि जिल्ला स्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउने सम्मको काम गरेको स्मरण गराउँदै २०७४ सालमा संघिय सरकारले विश्व विद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तो खुसी महशुस भएको बताए ।
सो अवसरमा विश्व विद्यालय स्थापनामा अहम भुमिका खेलेको भन्दै नेता ठाकुर, कांग्रेस नेता तथा पुर्व उपसभापति विमलेन्द्र निधी, तत्कालिन धनुषाका जिविस सभापति तथा कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवलाई सम्मान गरिएको थियो ।