

जनकपुरधाम ।
मधेसको प्रदेश लोक सेवा आयोगले नापी अधिकृतका लागि लिएको लिखित परिक्षामा एकजना परिक्षार्थीले पनि उतीर्ण गर्न सकेनन् । २०७९ साल मंसिर २५ गते प्रदेश लोकसेवा आयोगले इन्जिनियरिंग सर्वे समूह तर्फ नापी अधिकृतकालागि लिएको लिखित परिक्षामा एकजनाले पनि उतीर्ण गर्न नसकेको सूचना जारी गरिएको हो ।
इन्जिनियरिंग सर्वे समूहका लागि प्रदेश लोक सेवा आयोगले दरखास्त आह्वान गरेकोमा १७ जनाले फर्म भरेका थिए । जसमध्ये ६ जना लिखित परिक्षामा शामिल भएको मधेसको प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले जानकारी दिए । आयोगले लिखित परिक्षाको नतिजा २०८१ कातिक ९ गते प्रकाशित गरेको थियो ।
सहभागी परिक्षाथीहरुमध्ये कोही पनि लिखित परिक्षामा उतीर्ण हुन नसकेपछि आयोगले फेरी दरखास्त आह्वान गर्ने जनाइएको छ ।
