

जनकपुरधाम ।
महोत्तरीको पिपरा गाउँपालिकामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउपालिका वडा नम्बर ७ दनौलीस्थित आँपको बगैचामा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार अन्दाजी २५ वर्षको महिलाको शव आँप बगैचामा भेटिएको हो, मृतकको अनुहार माथी ओढ्ने सल राखेर जलाइएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
