Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटबाट स्रोत नखुलेको ५ लाखसहित भारतीय पक्राउ





रौतहट ।
स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
गौर नगरपालिका– २ महादेवपट्टीबाट अस्थायी प्रहरी चौकी महादेवपट्टीको टोलीले भारतको बिहार मोतिहारी जिल्ला ढाका फुलवरीयाका ४८ वर्षका त्रिभुवन चौधरीलाई ५ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ साइकलमा जादै गरेका चौधरीलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए । पक्राउ परेका चौधरीले रकमको स्रोत खुलाउन नसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता रायले बताए ।