

एजेन्सी ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार लगभग अन्तिम चरणमा पुगेको छ । यसै क्रममा पूर्वराष्ट्रपतिसमेत रहेका रिपब्लिकिन उम्मेदवार डोनाल्ड ट्रम्पले न्युयोर्कको म्याडिसन स्क्वायर गार्डेन ¥यालीलाई सम्बोधन गरेका छन् ।
चाखलाग्दो कुरा के छ भने उनी आफ्नी श्रीमती मेलानियासँग चुनावी मञ्चमा नाच्दै देखिए । यति मात्र होइन, ट्रम्प र मेलानियाले एकअर्कालाई अँगालो हालेर चुम्बनसमेत गरे ।
त्यसपछि पछाडिबाट संगीत बज्न थाल्यो, जुन सुनेर ट्रम्प नाच्न थाले। ¥यालीमा उपस्थित रिपब्लिकन समर्थकहरू पनि पूर्वराष्ट्रपतिको जयजयकार गर्दै नाचिरहेका थिए । न्युयोर्क सहरमा आयोजित ट्रम्पको चुनावी ¥यालीमा धेरै विशेष अतिथि पनि आएका थिए । जसमा आरएफके जुनियर, तुलसी गबार्ड, एलोन मस्क, टकर कार्लसन र हल्क होगन पनि थिए । उनीहरूलाई हेर्न न्युयोर्कका सडकमा हजारौँ फ्यान उभिएका थिए ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति चुन्ने चुनाव हुँदै छ । जसमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्र्याटिकबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धा गर्दै छन् ।
