Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘मैले छोएको पानी चल्दैन’





नाङ्लो अनाज केलाउन प्रयोग गरिने बाँस वा चोयाबाट बनेको भाँडो हो । कहिलेकाहीं पूजा सामान वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने सीप डुम समुदायसँग मात्र हुन्छ ।
मिथिलाञ्चलमा छठ नजिकिँदै छ । अहिले डुम समुदाय नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामाग्री बनाउनेदेखि बजारसम्म पुर्याउन व्यस्त छन् । छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राखिन्छ । चोयाबाट बुनेका यस्ता भाँडामा फूलप्रसाद राख्दा सुन्दर देखिन्छ ।
डुम समुदायको नाङ्लो लगायतका सामग्री बनाउने सीप जति सुन्दर छ, उनीहरुको जीवन त्यति नै कष्टपूर्ण छ । उनीहरु जातीय छुवाछुतको पीडा भोगिरहेका छन् ।
‘होटलमा खाना खानुपरे पातमा दिइन्छ । नास्ता कागजमा अनि चिया पिउन प्लास्टिकको कप’, जनकपुरधाम उपमहानगरपालिका–१६का अजय मलिकले दुःखेसो पोखे । उनले भने ‘एक त समाजमा हामी तिरस्कृत छँदैछौँ त्यस माथी होटेलमा पुग्दा पनि हामीलाई अलग्गै दृष्टिले हेरिन्छ ।’ उनले अगाडी भने ‘ हामीले बनाएको नाङ्लो, डालो लगायतका सामाग्री पवित्र भए, त्यसमा प्रसाद राखेर भगवानलाई अर्पण गर्न सकिन्छ तर हामी अछुत छौँ ।’ उनले मैथिलीको गीत ‘हमरे डाला पनपथियासँ देवतो पित्तर पूजाई छै, कहु यौ बाबू तैयो हम्मर देह ई किए छुवाई छै ।’ गाएर सुनाए । यद्यपि पहिलेभन्दा धेरै परिवर्तन आएको स्वीकार गरे ।
मुलुकमा आएको आमुल परिवर्तनसँगै देश विकासको पथमा अग्रसर भइरहेको अवस्थामा अहिलेपनि हामीमाथी छुवाछूत हुनु, हेयको दृष्टिले हेरिनु दुःखको विषय रहेको रेवता मलिकले बताए । मुलुकमा आएको परिवर्तन हाम्रो लागि न हर्ष न विष्मात झै रहेको बताए ।
निर्मला देवी पनि अहिले बाँसको कलात्मक सामाग्री बनाउन व्यस्त छिन् । छठ पर्व संघारमै रहेकोले बिहानैदेखि ती सामाग्रीहरु बनाउन व्यस्त भई हाल्छिन् उनी । अपरान्ह फेरी सोही सामाग्री बिक्रीका लागि बजारसम्म पुग्छिन् । तर मेहनत गरेर बनाएको ती सामाग्रीहरु बिक्री नहुँदा उनी चिन्तित छिन् । बाँसको सामाग्री बनाउनु हाम्रो पेशा हो तर अन्य जातिका व्यक्तिहरु बाहिर बाहिरबाट किनेर ती सामाग्रीहरु बिक्री गर्न थालेपछि आफूहरुलाई समस्या भएको उनले बताइन् ।
अहिले एउटा बाँसको मूल्य ४ सय रुपैयाँ देखि ५ सय रुपैयाँसम्म पर्छ, निर्मलाले भनिन् ‘एउटा बाँस किनेर ४ वटासम्म नाङ्गलो बनाउँछौँ, फेरी त्यो नाङ्गलो बिक्री हुन्छ वा हुँदैन भन्ने चिन्ता हुन्छ नै ।’ उनी यो पटक ४ वटा बाँसको सामाग्री बनाएकी हुन् जबकि केही वर्ष अगाडीसम्म २०/२० वटासम्म बाँसको भाँडो बनाउँथिन् ।
निर्मलाका अनुसार पहिले ५ हजारको लगानी लगाएर २० हजारसम्म आय गर्न सक्थिन् तर यस पटक २ हजार आय हुने सम्भावना कमै छ ।
कुसुमी मल्लिक पहिले पहिलले छठ पर्वको बेला १० वटासम्म बाँसको सामाग्री बनाएर बिक्र्री गर्थिन् तर उमेरले पनि साथ दिन नसक्ने भएकोले २ वटा बाँसको सामाग्री मात्रै बनाएकी छिन् ।
छठ पर्वमा पहिले हामीले नै बनाएको बाँसको सामाग्री प्रयोग गरिन्थ्यो तर अहिले पित्तलको सामाग्री प्रयोग हुन थालेपछि हाम्रो आय आर्जनको माध्यम नै बन्द भएको छ, कुसुमीले भनिन् ‘हामीले बनाएको सामाग्री बिक्री नहुँदा ऋण काढेर पर्व मनाउनु पर्छ ।’
देश संघियतासंगै आएको परिवर्तन पछि पनि मधेस प्रदेशमा १ लाखको हाराहारीमा रहेको डोम समुदायका लागि बोलि दिने भने अहिलेसम्म कोही छैनन् । सो समूदायबाट निति निर्माण तहमा प्रतिनिधित्व नभएकाले पनि उनीहरुका लागि बोेलि दिने कोही नरहेको सरोकारबलाहरु बताउँछन् ।