Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जापानको चुनावमा ७ दशकपछि सत्तारुढ दलले गुमायो बहुमत





एजेन्सी ।
जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ ।
निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ । प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ ।
जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ । जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते । यसअघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो ।
प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परेको अभिव्यक्ति दिएका थिए । नभन्दै उनलाई आइतबार भएको निर्वाचन परिणामबाट झट्का लागेको छ । एलडीपीको सत्ता साझेदार दल कोमितोका प्रमुख केइची इशी नै आफ्नो जिल्लामा पराजित भएका छन् ।
यसअघि निर्वाचन सकिएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षण परिणाममा पनि एलडीपीले बहुमत गुमाउने प्रक्षेपण थियो । जापानको सरकारको नेतृत्वकर्ता दल एलडीपी केही समयदेखि विवादमा परेकाले उसको लोकप्रियता खस्किएको थियो ।
तल्लो सदनमा बहुमत गुमाए पनि सरकार फेरबदल भने नहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । तर यो नतिजाले आफ्ना नीति संसदबाट पारित गर्न भने प्रधानमन्त्री इशिबालाई कठिन हुने छ र तेस्रो सहयोगी दलको सहारा लिनुपर्ने छ ।