Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लागुऔषध गाँजासहित एकजना पक्राउ





जनकपुरधाम ।
लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २२१ के. जी. ३८ ग्राम गाँजा सहित प्रहरीले प्रकाश लुड्वालाई पक्राउ गरेको हो । धनुषा प्रहरीबाट विशेष सुचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडीबाट भिमफेदी गाउँपालिका २का २४ वर्षिय लुड्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मकवानपुरको भिमफेदीबाट जनकपुर तर्फ आउदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडीपट्टीको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरि ल्याउदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।