Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बारामा हत्या आरोपमा ६ जना पक्राउ





जनकपुरधाम ।
बारा प्रहरीले महागढीमाई नगरपालिकामा भएको हत्या घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
शनिबार अज्ञात समूहले महानगढीमाई नगरपालिका निवासी श्रीनारायण प्रसाद यादवको धारिलो हतियारको प्रयोगले हत्या गरेको थियो । त्यस लगत्तै प्रहरीले चलाएको अनुसन्धानका क्रममा हिजो र आज गरी ६ जनालाई पक्राउ गर्न सकिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
उनका अनुसार पक्राउहरू सबैजना सोही नगरपालिकाकै रहेको पाइएको छ । आन्तरिक विवादका कारण यादवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारी अनुसार विवाहेत्तर सम्बन्ध कारण हत्या भएको हुन सक्ने प्रहरी आंकलन छ ।
तर अनुसन्धान चलिरहेकोले उनीहरूको विवरण खुलाउन नमिल्ने प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान चलिरहेको प्रहरी बताउँछ । शनिबार राती नगरपालिकाको वडा नम्बर–१ म मृतक यादवमाथि धारिलो हतियारको प्रहार भएको थियो । घाँटीमा भएको धारिलो हतियारको प्रहारले उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको थियो ।