

एजेन्सी ।
भारतको मुम्बईस्थित बान्द्रा रेल्वे स्टेशनमा भगदड मच्चिदा ९ जना घाइते भएका छन् । दिपावलीको अवसरमा बिहार तथा उत्तर प्रदेश तथा बिहार जाने यात्रुहरुको भीड बढेपछि भगदड हुँदा ९ जना घाइते भएका हुन् ।
बान्द्रा रेल्वे स्टेशनमा गोरखपुर एक्सप्रेस ट्रेन आएपछि चढ्नकालागि भीड बढेपछि धक्कामुक्की हुँदा भगदड मचेको थियो । भगदडमा घाइते भएकाहरुको मुम्बईस्थित भाभा अस्पतालमा उपचार चलिरहेको छ ।
