Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा हतियार सहित २ जना पक्राउ





रौतहट ।
सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
गुजरा नगरपालिका–३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो ।
ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले बताए । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरीबल ११ नम्बर गणको संयुक्त टोलीले उनीहरुकालई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले बताए ।