Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गरिदै





काठमाडौं ।
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।
सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय भएको बताए ।
उनले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेको उल्लेख गरे ।
सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठूलो क्षति व्यहोरिरहेको बताए । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको उनको भनाइ छ ।
शनिबार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।