Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रगति विवरण अनलाईनमा प्रविष्ट गर्न स्थानीय तहहरुलाई मन्त्रालयको निर्देशन





काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो प्रगति विवरणमा अनलाइनमा प्रविष्ट गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।
सबै ७५३ स्थानीय तहलाई पत्र पठाएर मन्त्रालयले गत आर्थिक वर्षमा हासिल गरेका प्रमुख उपलब्धि र असल अभ्यासलाई अनलाइनमा प्रविष्ट गर्न भनेको हो ।
‘मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय तहले आर्षिक वर्ष २०८०/८१ सम्म हासिल गरेका प्रमुख उपलब्धी र असल अभ्यास सम्बन्धमा अनुभव तथा सिकाइको आदान–प्रदान सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम निकट भविश्यमा सञ्चालन गरिने भएको हुँदा यसै पत्रसाथ संलग्न लिंकमा आफ्नो स्थानीय तहसँग सम्बन्धित विवरण यथाशीघ्र अनिवार्य रुपमा प्रविष्टि गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ सबै स्थानीय तहमा पठाइएको पत्रमा उल्लेख छ ।