

एजेन्सी ।
न्युजीलैण्डले दोस्रो टेस्टमा ३ सय ५९ रनको लक्ष्य दिएको छ । भारतले दोस्रो इनिंग्समा न्युजीलैण्डलाई २ सय ५५ रनको झिनो स्कोरमा समेटेपछि भारतले जितकालागि ३ सय ५९ रनको लक्ष्य पाएको हो ।
न्युजीलैण्डलाई दोस्रो इनिंग्समा सस्तैमा समेट्न वाशिंगटन सुन्दर र रविन्द्र जडेजाले घातक बलिंग गरे । सुन्दरले ४ र जडेजाले ३ विकेट लिएका छन् । त्यस्तै रविचन्द्रन आश्विनले २ विकेट लिए ।
न्युजीलैण्डले पहिलो इनिंग्समा २ सय ५९ रन बनाएको थियो भने जवाफमा भारत मात्र १ सय ५६ रनमा समेटिएको थियो ।
