

जनकपुरधाम ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजक सञ्जय यादवलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले रौतहटका यादवलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । यस अघि विभिन्न संघ संस्थामा रहेर काम गर्दै आईरहेका यादव एक वर्षअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए ।
