Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको पूर्वमोडलको आरोप





एजेन्सी ।
एक पूर्व स्वीमसुट मोडलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो घटना सन् १९९० को दशकतिर भएको उनको दाबी छ ।
एक अन्तर्वार्तामा स्टेसी विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा रहेको ट्रम्प अफिसमा भएको उक्त घटनाको बारेमा विस्तृत कुरा गरेकी हुन् । विलियम्स त्यतिबेला २० वर्ष आसपासको उमेरकी थिइन् र त्यतिबेला उनले जेफरी एप्सटिनलाई डेट गरिरहेकी थिइन् ।
सीएनएनका अनुसार उसले यस घटनाबारे विलियम्सका तीन साथीहरूसँग पनि सोधपुछ गरेको छ । तीनै साथीहरूले ट्रम्प र एप्सटिनसँग भएको यो घटनाबारे विलियम्सले उनीहरूसँग क्रमशः सन् २००६, २०१५ र २०१८ मा नै कुराकानी गरेको सुनाएका छन् ।
विलियम्सका अनुसार सन् १९९३ मा उनी र एप्सटिन न्युयोर्क सिटीको फिफ्त एभेन्यूमा हिँडिरहेका थिए । त्यतिबेला एप्सटिनले उनलाई ट्रम्पसँग भेटाउन ट्रम्प टावर लगेका थिए ।
ट्रम्पले उनीहरूलाई उनको अफिसबाहिर भेटेर स्वागत गरेका थिए । ‘अर्को सेकेन्डमा उनी मेरो अगाडि थिए । त्यसपछि उनले मलाई आफूतिर ताने, उनको हात ममाथि थियो ।
त्यसपछि उनको हात त्यहाँबाट हटेन,’ विलियम्सले भनिन्, ‘बिस्तारै ट्रम्पले आफ्नो हात मेरो स्तन, मेरो नितम्बमा पु¥याउन थाले । म स्तब्ध थिएँ । के भइरहेको छ भन्ने मैले बुझ्नै सकिनँ ।’
‘ट्रम्पले यसो गरिरहँदा उनी एप्सटिनसँग हाँसेर कुराकानी गरिरहेका थिए,’ उनले भनिन् । एप्सटिनलाई देखाउनकै लागि ट्रम्पले यस्तो हर्कत गरेको विलियम्सको दाबी छ ।
उक्त घटनाको केही दिनपछि ट्रम्पले विलियम्सको मोडलिङ एजेन्सीमा पाम बिचमा रहेको उनको मार–ए–लागो रिसोर्टको तस्बिरसहितको पोस्ट कार्ड पठाएका थिए । जसमा लेखिएको थियो– स्टेसी, तिम्रो घरभन्दा टाढाको घर । धेरै माया, डोनाल्ड ।
यता, ट्रम्पको अभियानले विलियम्सको आरोपको अस्वीकार गरेको छ । विलियम्स राष्ट्रपति पदकी उम्मेदवार रहेकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानसँग जोडिएको अभियानको दाबी छ ।