Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहट प्रहरीद्वारा १७ जना फरार प्रतिवादी पक्राउ





रौतहट ।
फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादवसहित १३ जना, वडा ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव, वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागराथ साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् ।
उनीहरूबाट कैदसंगै १ लाख ८० हजार जरिवाना असुल तथा कारबाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ । पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको छ ।