Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रतन टाटाको ७९ अर्ब सम्पत्ति अब के हुन्छ ?





नयाँ दिल्ली ।

भारतीय अर्ब पति व्यापारी रतन टाटाको मृत्युपछि उनको सम्पत्ति र इच्छापत्रको निकै चर्चा भएको थियो । रतनको निधनपछि उनको सम्पत्ति कसले पाउँछ भन्ने प्रश्न धेरैको मनमा उठेको पनि थियो ।

यस वर्ष अगस्टमा जारी हुरुन इन्डिया रिच लिस्टअनुसार रतन टाटासँग टाटा सन्सको शून्य दशमलव ८३ प्रतिशत शेयर थियो । उनको कुल सम्पत्ति ७९ अर्ब भारु थियो । टाटा सन्समा उनको शेयरको बजार मूल्य करिब १ खर्ब ६७ अर्ब १० करोड भारु अनुमान गरिएको छ ।

रतन टाटाले एउटा इच्छापत्र छोडेका छन् । यसलाई लागू गराउने जिम्मा उनले आफ्ना सौतेनी बहिनी शिरिन, डायना जेजीभोय, वकिल डारियस खम्बाटा र उनका नजिकका साथी मेहली मिस्त्रीलाई दिएका छन् ।

अंग्रेजी पत्रिका इकोनोमिक टाइम्सको समाचारमा यो जानकारी दिइएको हो । समाचारअनुसार रतन टाटाको इच्छापत्रको सबै विवरण सार्वजनिक गरिएको छैन तर उनको सम्पत्तिको ठुलो हिस्सा परोपकारमा जाने निश्चित छ ।

रतन टाटाका विश्वासिलो मित्र मेहली मिस्त्रीले दुई प्राथमिक टाटा परोपकारी संस्थाहरू, सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टीको रूपमा सेवा गरेकी छिन् । यी दुई ट्रस्टहरू टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको लगभग ५२ प्रतिशत स्वामित्वमा छन् ।

टाटा सन्समा टाटा ट्रस्टको ६६ प्रतिशत शेयर छ । शिरिन र डायना जेजीभोय रतन टाटाकी आमा सुनुका छोरीहरू हुन् । सर जमशेदजी जेजीभोयसँगको दोस्रो विवाहबाट सुनुले यी दुई छोरीलाई जन्म दिएकी थिइन् ।

यी दुवै दिदी बहिनी पनि परोपकारी काममा निरन्तर लागिरहेका छन् । डायनाले यसअघि सन् १९९० र २००० को सुरुमा रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टीको रूपमा काम गरेकी थिइन् । टाटाका पूर्व कार्यकारीका अनुसार रतन टाटाको आफ्नै सौतेनी बहिनीहरूसँग घनिष्ठ सम्बन्ध थियो ।