Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुर बोल्टबाट न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमले खेल्ने





काठमाडौं ।
न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग एनपीएल खेल्न आउने भएका छन् । उनलाई जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
जनकपुरले बिहीबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जनाएको छ । एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् ।
३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी–२० आई खेलेका छन् । उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ ।
सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी–२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा निसम टिमको सदस्य थिए । निसमले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी–२० विश्वकपमा पनि खेलेका थिए ।
निसमको आगमनपछि जनकपुर बोल्ट्सको टिम उत्साहित छ । विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरले नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मनोज कटुवाल प्रशिक्षक र बरदान चालिसे क्रिकेट डिरेक्टरको रुपमा छन् ।