Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सय दिनको लक्ष्य अनुसार सरकारले ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दावी





काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्छु भनेका कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् ।
बुधबार सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै उनले आफू प्रधानमन्त्री भएपछि ‘थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने’ कुरालाई पहिलो प्राथमिकतामा राखेको र त्यसअनुसार सय दिनमा गर्छु भनेर तय गरेका कामहरूमध्ये ७० प्रतिशत पूरा भएको बताए ।
’पहिलो सय दिनमा हामीले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थालेका छौँ र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेका थियौँ,’ ओलीले भने, ’अहिले १०० दिनपछि हेर्दा सबै मन्त्रालयले गर्ने भनेका २७४ वटा काममध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन् । अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्थ्यो ।’