Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जरिवाना बुझाउन पुगेका व्यापारीलाई कुटे नगरप्रहरीले





जनकपुरधाम ।

जरिवाना बुझाउनका लागि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पुगेका एक व्यापारीलाई नगरप्रहरीले कुटपीट गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ थापा चोकमा किराना पसल चलाउँदै आईरहेका कौशलकिशोर साह उपमहानगरको कार्यालयमा जरिवाना बुझाउनका लागि पुगेको समयमा नगरप्रहरीले कुटपीट गरेको हो ।
पीडित व्यापारी साहका अनुसार उनीमाथी उपमहानगरको नगरप्रहरीका ईन्चार्ज नितेशकुमार रायले कुटपीट गरेका हुन् । उनले भने ‘मंगलबार पसलको सरसफाई गरिरहेका थिएँ, सामानहरु फूटपाथमा थियो त्यही समयमा नगरप्रहरीले सामानहरु यताउती गरेर जरिवानाको पूर्जी थमाई दिएँ ।’ उनले अगाडी भने ‘जरिवानाको विषयलाई लिएर मैले प्रतिकार पनि गर्न खोजे तर आज आएर जरिवाना बुझाउन जाँदा नगरप्रहरीका ईन्चार्ज रायले ढोका बन्द गरेर कुटपीट गरे ।’
यता व्यापारीमाथी कुटपीट भएपनि जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको टोलीले व्यापारी कुटपीटमा संलग्न व्यापारीलाई कारबाहीको माग गरेको हो । जउवा संघका अध्यक्ष सुरेन्द्र भण्डारी, महासचिव फुलदेव पण्डित लगायतको पदाधिकारीहरु उपमहानगरका प्रशासकिय अधिकृतलाई भेटेर सो नगरप्रहरीलाई कारबाही गर्न माग गरे । प्रशासकिय अधिकृतले नगरप्रहरीलाई निलम्बन गर्ने प्रतिबद्धता जनाएको जउवा संघका अध्यक्ष भण्डारीले बताए । उनले उपमहानगरले कारबाही नगरे आगामी कानूनी बाटो देख्ने बताए ।