Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पोखरा घुमघामको फोटो हाले आफ्नो कार्यकर्तालाई कारबाही गर्ने रास्वपाको चेतावनी





काठमाडौं ।
पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ ।
रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ ।
‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले लामिछानेलाई शुक्रबारदेखि गणना हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिएको थियो । त्यसको विरोधमा देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान रास्वपाले सर्कुलरसमेत जारी गरेको थियो ।