Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महिलावादी स्मृतिको एक पहल फोटो प्रदर्शनी जनकपुरधाममा हुने





जनकपुरधाम ।
‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ फोटो प्रदर्शनी जनकपुरधाममा हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीले सो फोटो प्रदर्शनी जनकपुरधाममा कार्तिक ८, ९ र १० गते गरी तीन दिन तिरहुतिया गाछीमा हुने जनाइएको छ ।
२०७५ सालदेखि लाइब्रेरीको दस्तावेज र अभिलेख सिर्जनाको पहल शुरू भएको र २०८० सालमा पुस्तक प्रकाशित भएको तथा यो प्रदर्शनी काठमाडौं, भारतको नयाँ दिल्ली, कोची, टर्कीको इस्तानबुल, सिङ्गापुर र नेदरल्यान्डको ब्रेडालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय स्थानमा भइसकेको छ ।
दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालका महिलावादी इतिहासको संरक्षण र प्रसार गर्नु फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । नेपाली महिलाहरूको सार्वजनिक जीवनमा रहेका योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्व स्थापना गर्नु फोटो प्रदर्शनीको उद्देश्य रहेको नेपाल पिक्चर लाइब्रेरीका विराज महर्जनले बताए ।