Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तलब नपाएपछि मलंगवा प्रादेशिक अस्पतालका करारका मेडिकल अधिकृतहरु आन्दोलित

अस्पतालको इमरजेन्सी र आइसियू सेवा ठप्प





जनकपुरधाम ।
सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत छात्रवृत्ति करारका मेडिकल अधिकृतहरू तलब नपाएपछि आन्दोलित बनेका छन् ।
विगत तीन महिनादेखि तलब नपाएपछि मेडिकल अधिकृतहरू आन्दोलित बनेका हुन् । कात्तिक १ गतेदेखि नै आन्दोलित उनीहरू कात्तिक ६ गतेबाट इमरजेन्सी र आइसियू सेवा पनि ठप्प पारेका छन् । डाक्टर नै आन्दोलित बनेपछि उपचार सेवा प्रभावित बनेको छ ।
प्रादेशिक अस्पताल मलंगवामा कार्यरत डा. अमित ठाकुरले दशैं जस्तो महापर्वमा समेत तलब नपाएको गुनासो गरे । उनले भने, ‘परिवार चलाउन पनि गाह्रो भएपछि बाध्य भएर हामीलाई आन्दोलनमा उतरिनु परेको हो ।’
मधेश प्रदेशका विभिन्न अस्पतालमा सयौं छात्रवृत्ति करारका मेडिकल अधिकृतहरू कार्यरत छन् । उनीहरू कोही तलब पाएका छैनन् ।
तलब नपाएपछि सेवा ठप्प पारेर मेडिकल अधिकृतहरू आज जनकपुरधामस्थित मधेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापनपत्र बुझाउँदै उनीहरू तत्कालै तलब उपलब्ध गराउन माग गरेका छन् ।
अहिलेसम्मको बाँकी तलब र आगामी महिनाको भुक्तानी मसान्तभित्रै आउने सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने आफूहरूको माग रहेको डा. ठाकुरको भनाई छ ।