Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हँसपुरमा करेन्ट लागेर एक युवकको मृत्यु





जनकपुरधाम ।
धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हँसपुर नगरपालिका–६ टिल्हीका २२ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।
धनुषाका प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहका अनुसार सोमबार साँझ जेनरेटरमा तार जोड्ने क्रममा ११ हजार भोल्टेजको बिजुलीको तारमा छुन गई मण्डलको मृत्यु भएको हो । छिमेकीको पूजाका लागि जेनेरेटरको लाइन जोड्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई करेन्ट लागेको थियो । उद्धार गरेर तुरुन्तै उपचारकालागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकसले उनलाई मृत घोषणा गरेको थियो ।