Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिका बिरुद्धको टी–२० श्रृंखला नेपालले गर्यो क्लिनस्वीप





काठमाडौं ।
नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई श्रृंखला क्लिनस्वीप गरेको छ ।
तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले श्रृंखला नै क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।
आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दै श्रृंखला क्लिनस्वीप गरेको हो ।
नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।
अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक÷एक विकेट लिए ।
यसअघि डलसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अन्य ब्याट्समैनले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक÷एक विकेट लिए ।
यसअघि लिग–२ का लागि क्यानडामा गएको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको थियो । अमेरिका पुगेपछि भने नेपाली खेलाडीले आशालाग्दो प्रदर्शन गरेका छन् ।