Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी





एजेन्सी ।
इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा आक्रमण गरेको छ । हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गरी इजरायलले बमबारी गरेको बीबीसीले जनाएको छ ।
यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हिजबुल्लालाई सहयोग गर्ने बैंकसहितका २४ स्थानमा आक्रमण गर्ने चेतावनी जारी गरेको थियो ।
बीबीसीका अनुसार बेरुतको दक्षिणी क्षेत्रमा पर्ने दहिह शहरमा इजरायलले आठ हवाई हमला गरेको छ । यसलाई हिजबुल्लाहको नियन्त्रित क्षेत्र मानिन्छ । यसैगरी लेबनानको सरकारी मिडियाले देशका पूर्वी क्षेत्रमा पनि हमला भएको जानकारी दिएको छ ।
लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । नेतन्याहुले आफ्नो हत्या प्रयास भएको भन्दै हिजबुल्लाविरुद्धको आक्रमण जारी राख्ने बताएका थिए ।
लगत्तै आइतबार इजरायली सेनाले लेबनानका विभिन्न स्थानमा आक्रमण तीव्र पारेको छ । इजरायलको प्रतिकार गर्ने क्रममा हिजबुल्लाहले पनि इजरायली सेनाका क्याम्पलाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ ।