Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दिल्लीको वायुको गुणस्तर सबैभन्दा खराब, काठमाडौँ पनि शीर्ष १० मा





काठमाडौँ ।
सोमबार बिहान राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।
यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ । सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो । जुन ’खराब’ को श्रेणीमा पर्छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३ सय माथि थियो, जुन ’धेरै खराब’ श्रेणीमा पर्दछ ।
आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क ३५० भन्दा माथि रेकर्ड गरिएको थियो । दिल्लीका मुख्यमन्त्री आतिशीले राज्यका वातावरणमन्त्री गोपाल राईसँगै आइतबार आनन्द विहारको पनि भ्रमण गरेका थिए ।
यता, काठमाडौँको वायुको गुणस्तर पनि बिग्रँदो छ । बिहान ९ बजेको मापन अनुसार वायुको गुणस्तर सूचकाङ्क १४८ रहेको छ । काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको छ ।