Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आन्दोलनका लागि तयार रह्न जनमतका कार्यकर्तालाई निर्देशन





काठमाडौं ।
जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन गरेको छ । देशको विषम राजनितिक परिस्थि रहेको जनाउँदै पार्टीको सबै तहका संगठनलाई आन्दोलनकालागि तयार रह्न निर्देशन गरिएको प्रवक्ता शरदसिंह यादवले जानकारी गराए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय मध्य वानेश्वरमा बसेको सचिवालयको बैठकको निर्णय अनुसार पार्टी पंक्तिलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको हो । बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि जनमत पार्टीले १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशन दिएको छ ।
बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता शरदसिंह यादवले जानकारी गराए । निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्व अध्यक्ष, वडा अध्यक्ष र वडा पूर्व अध्यक्ष रहने व्यवस्था पार्टीले गरेको छ ।