

जनकपुरधाम ।
विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी आज एक समारोहका बीच सम्पन्न भएको छ । एक दिवसीय सो गोष्ठीमा विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए ।
सो गोष्ठीमा छात्रा प्रेरणा तिवारी प्रथम, छात्र कुशल झा द्वितिय र छात्रा राजनन्दनी तिवारी तृतीय भएका छन् । विजयी प्रतियोगिलाई कथा गोष्ठीका निर्णायक रोशन जनकपुरी, रामानन्द युवा क्लवका पूर्व अध्यक्ष मनमोहन साहले पुरस्कार वितरण गरेका छन् । समालोचक समेत रहेका जनकपुरीले कथा लेखनका सूत्र विद्यार्थीहरुलाई बताएका थिए ।
गोष्ठीमा जनकपुरी, सुजीत कुमार झा, प्रेरणा तिवारी, अजय कामती, कुशल झा, राजनन्दनी तिवारी, अमलेस कापर लगायतले कथा बाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता छात्र अजय कामतीले गरेका छन् ।



