Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकार र गगन थापा हिजो नांगिएः मनिष झा





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको बताएका छन् । यस्तै कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको उनले बताए ।
रवि लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको विरोध कार्यक्रममा बोल्दै उनले भने– ‘यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, एउटा नयाँ दल केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्ने मान्छे आउने चाहना गर्दै गर्दा उ आत्तियो र ओलीको सङ्गतमा मात्तियो । तिमीलाई धन्यवाद छ गगन थापा तिमी पनि नाङ्गियौँ ।’
संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्बको अपचलन भएको देखाएको बताउँदै त्यसमा जीवी राईले ६ अर्ब रुपैयाँ लिएको र गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाएको र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको आरोप लगाएको बताए । रास्वपाले ८७ अर्बको कुरा गर्न सरकारलाई भनेको तर सरकार ३ करोडमा अड्किएको बताए ।
उनले भने– ‘म सहकारी पीडित साथीहरूलाई पनि भन्न चाहन्छु, यिनीहरूको सहकारी समस्या समाधान गर्ने उद्देश्य भएको भए ८७ अर्बको चर्चा गर्थे । तर यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन्, यिनीहरू केवल रवि लामिछानेको चर्चा गर्छन् । किनकि यो राजनीतिक प्रतिशोध र कुण्ठा हो । कसैको भविष्य र अवसर सुनिश्चित गर्ने, केपी शर्मा ओलीको कुण्ठाको कारण हो ।’
उनले रास्वपा एउटा अभियान भएकोले सभापति लामिछानेको पक्राउका कारण केही असर नपर्ने बताउँदै अब राजनीति कस्तो हुन्छ भनेर देखाउने बताए ।