Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतविरुद्ध न्यूजील्याण्डलाई पहिलो टेस्टको पहिलो इनिंगमा ३५६ रनको अग्रता





एजेन्सी ।
भारतविरुद्धको टेस्टमा न्युजील्यान्ड पहिलो इनिंगमा ४०२ रनमा अलआउट भएको छ । योसँगै न्यूजील्याण्डले भारतमाथि ३५६ रनको अग्रता बनाएको छ ।
न्यूजील्याण्डका लागि रचिन रविन्द्रले शतक प्रहार गर्दै सर्वाधिक १३४ रन बनाए । रविन्द्रले १५७ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका थिए । यसबाहेक ओपनर डेभन कोनवेले ९१ रन र टिम साउथीले ६५ रन बनाए । भारतका लागि कुलदीप यादव र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए ।
यसअघि बर्षाले प्रभावित खेलको दोस्रो दिन ब्याटिङ गर्दै भारतीय टोली ४६ रनमा अल आउट भएको थियो । यो टेस्ट क्रिकेटमा भारतको तेस्रो कम स्कोर हो । भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ ।