Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खेतमा लगाइएको तारमा करेन्ट लागेर एक बालिकाको मृत्यु, २ बालिका घाइते





जनकपुरधाम ।
जंगली जनावरबाट बालीनालीलाई जोगाउन खेतमा लगाइएको विद्युतीय तारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने २ बालिका घाइते भएका छन् ।
गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको तारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर १४ वर्षीया करिना महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।
करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएको स्थानीयले बताएका छन् । उनीहरुको उपचार भइरहेको छ । बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला तारमा छोडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।