Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकी सेनाले हुती बिद्रोहीबिरुद्ध गर्यो बम वर्षा





एजेन्सी ।
अमेरिकी सेनाले यमनको हुती समूहविरुद्ध बम वर्षा गरेको छ । रक्षामन्त्री लोइड अस्टिनले बुधबार बी–२ स्टिल्थ विमानबाट बम खसाइएको बताएका हुन् । अस्टिनले ५ भूमिगत हतियारण भण्डारण क्षेत्रलाई निसाना बनाइएको बताए ।
हुतीहरूले सो क्षेत्रमा सैनिक र गैरसैनिक जहाजलाई निसाना बनाउने हतियार भण्डार गरेको स्थानमा प्रहार गरिएको अस्टिनको भनाइ छ । ‘यो हाम्रा शत्रुहरूले हाम्रो पहुँचभन्दा बाहिर राख्न खोजेको स्थानलाई पनि निसाना बनाउन सक्ने अमेरिकाको क्षमताको प्रदर्शन हो । त्यस्तो निसाना जतिसुकै भूमिगत, किल्लाबन्द वा कठोर किन नहोस्,’ अस्टिनले भनेका छन् ।
अमेरिकी सेनाको बी–२ स्पिरिट बमबर्षक विमानले आवश्यक पर्दा जहाँसुकै र जहिलेसुकै निसाना लगाउन सक्ने उनको भनाइ छ । हुती सञ्चालित टेलिभिजनले पनि राजधानी सानानजिक आक्रमण भएको बताएको छ । तर, क्षतिको विवरण दिएको छैन । गत एक वर्षदेखि लाल सागरमा हुती समूहले इजरायलसँग सम्बन्ध भएका जहाजहरूलाई निसाना लगाउँदै आएका छन् ।