

एजेन्सी ।
न्युजिल्याण्डविरुद्ध टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिङ लाइन अप फ्लप साबित भएको छ । माथिल्लो क्रमका ब्याट्समैनहरु फ्लप साबित भएप्छि भारत पहिलो इनिंग्समा ४६ रनको न्युन स्कोरमा समेटिएको हो । भारतका लागि ऋषभ पन्तले २० र यशश्वी जयसवालले १३ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्मैनले दोहरा अंकको स्कोर बनाउन सकेनन् ।
भारतीय ब्याटिङ्ग लाइनअपमा विराट कोहली, सरफराज खान, केएल राहुल र रविन्द्र जडेजा शुन्य रनमै आउट भएका थिए । भारतको ब्याटिङ लाइनलाई ध्वस्त पार्न म्याट हैनरीले ५ विकेट लिए भने विलियम पिटरले ४ र टिम साउथीले एक विकेट लिए ।
