Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विमानमा बम रहेको भन्दै आतंक फैलाउने किशोर पक्राउ

पैसा नदिनेलाई फसाउने उद्देश्य





एजेन्सी ।
सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको एक्सको ह्यान्डललाई पछ्याउँदा ती किशोरसम्म प्रहरी पुगेको थियो ।
अनुसन्धानपछि प्रहरीले किशोरका पितालाई उनलाई मुम्बई ल्याउन भनेको थियो । त्यसपछि उनलाई डोंग्रीको जुभिनायल जस्टिस बोर्डसामु प्रस्तुत गरिएको थियो । उनलाई अक्टोबर २४ सम्म हिरासतमा पठाइएको छ ।
उनले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै जोन ८ का डेप्युटी कमिस्नर अफ पुलिस मनिष कल्वानियाले भने, ‘प्रमुख कारण पैसाको लेनदेन देखिएको छ । ती किशोरले फेक आईडी प्रयोग गरेर उनीसँग आर्थिक विवाद रहेका फजलुद्दिन निबान नाम गरेका व्यक्तिलाई फसाउन चाहेका थिए ।’
३० वर्षीय निबानलाई पनि प्रहरीले पक्राउ गरेको छ । ती किशोर भने ११ कक्षामा कलेज पढ्न छाडेर छत्तिसगढको राजनन्द गाउमा सानो पसल सञ्चालन गर्थे ।
गत सोमबार सुरुमा इन्डिगो र एयर इन्डियाका एक्स ह्यान्डलमा बमको धम्की दिइएको थियो । धम्कीपछि मुम्बईबाट मस्कट र जेद्दा जान लागेका इन्डिगोका दुई विमान ग्राउन्डेड गरिएको थियो भने मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान डाइभर्ट गरिएको थियो ।
२ाबशगिममष्लटढ र २ाबशगिममष्लद्दठण्ठठ नाम गरेका ट्वीटर ह्यान्डलबाट ती धम्कीपूर्ण पोस्ट गरिएको थियो । पोस्टमा विमानमा ६ केजी आरडीएक्स र ६ जना आतङ्कवादी रहेको उल्लेख गरिएको थियो ।
ती किशोरविरुद्ध एफआईआर दर्ता गरिएको छ । उनीमाथि इन्डियन पेनल कोडको धारा १२५ अन्तरगत ३५१(४), ३१३(१) (बी) मुद्दा दर्ता गरिएको छ ।
बुधबार पनि बैंगलुरुबाट दिल्ली जाने आकाशा एयरमा बमको धम्की दिइएको थियो । त्यस्तै, मंगलबार स्पाइस जेट, आकाशालगायत विमानमा बमको धम्की दिइएको थियो । सोमबार यता बमको धम्कीका कारण कम्तीमा २० वटा विमान डाइभर्ट वा ढिला भएका छन् ।