Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हत्या आरोपमा एक युवक पक्राउ





जनकपुरधाम ।
गोलबजार नगरपालिका–१३, दुर्गापुरका २० वर्षीय कृष्णकुमार महराको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णकुमारको शव सोमबार सुखीपुर नगरपालिका–१० ललसैया दुर्गा मन्दिर नजिकैको गागन खोला बगरमा फेला परेको थियो । उनको शव बालुवाले पुरीएको अवस्थामा भेटिएको थियो, जसका कारण हत्या भएको आशंका गरिएको छ ।
सिरहा जिल्ला प्रहरी कार्यालयका डीएसपी बीरेन्द्रकुमार पासवानका अनुसार सुखीपुर नगरपालिका–७ का १९ वर्षीय सिकिन्दर मुखियालाई हत्या आरोपमा पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार कृष्णकुमार र सिकिन्दरबीच विवाद रहेको सूचनाका आधारमा सिकिन्दरलाई पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार कृष्णकुमारको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ, जसले हत्या भएको सम्भावनालाई थप पुष्टि गर्दछ । शवको अवस्था र घट्नास्थलको प्रकृति हेर्दा यो हत्या भएको संकेत पाइन्छ। शवको पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाइने डीएसपी पासवानले जानकारी दिए ।
कृष्णकुमार २७ असोजको साँझ दुर्गा मेला हेर्न गएका थिए, त्यसपछि उनी हराइरहेका थिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार सोही साँझ सिकिन्दरले उनलाई लखेटेर कुटपिट गरेका थिए ।