

जनकपुरधाम ।
मारवाडी सेवा समिति जनकपुरधामले काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशालामा गरिरहेको हस्तक्षेप रोक्न माग गरेको छ । पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले गैरकानूनी हस्तछेप गरेको भन्दै सो हस्तक्षेप रोक्न मारवाडी सेवा समिति जनकपुरधामाले जिल्ला प्रशासन कार्यालय धनुषालाई ज्ञापन पत्र बुझाउँदै माग गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा यस भेगका विभिन्न नेताहरुलाई समेत सो ज्ञापन पत्र बुझाइएको हो ।
मारवाडी सेवा समितिको सो मागप्रति जनकपुरधामका २९ वटा जातिय तथा धार्मिक संगठनहरुले समेत समर्थन जनाएका छन् ।
मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष निर्मल चौधरीले मारवाडी सेवा समितिले संचालन गर्दै आईरहेको गौशाला धर्मशाला आफ्नो मातहत लिने उद्देश्यले काठमाडौँ महानगरपालिकाले गरेको हस्तक्षेपप्रति आफूहरुको घोर आपत्ति रहेको बताए । महानगरको सो हस्तक्षेपकै बिरोधमा जनकपुरधामका नागरिक समाजका साथै यहाँका जातिय संघ संस्था तथा धार्मिक संघ संस्थासंग मिलेर जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको जानकारी दिए ।उनले मुद्दाको विषयलाई मुद्दाबाटै किनारा लगाउन तर्फ ध्यान दिन समेत आग्रह गरे ।
