

एजेन्सी ।
जम्मु कश्मिरको मुख्यमन्त्री पदमा नेशनल कन्फ्रेन्सका उपाध्यक्ष उमर अब्दुल्लाले शपथ लिएका छन् । अब्दुल्लाहलाई जम्मु कश्मिरका राज्यपाल मनोज सिन्हाले शपथ गराएका हुन् । अब्दुल्लाह संगै ५ जना मन्त्रीले समेत शपथ ग्रहण गरेका हुन् ।
विधानसभा चुनावमा नेशनल कन्फ्रेन्सले ४२ सिट जितेको थियो भने सहयोगी दल कांग्रेसले ६ सिट र सिपिएमले एक सिट जितेको थियो । यद्यपि कांग्रेसले भने अब्दुल्लाह सरकारमा तत्काल सहभागी नहुने जनाएको छ । यद्यपि सरकारलाई बाहिरबाट समर्थन गर्ने बताएको छ ।
