Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कारबाहीका लागि सिफारिस भएका थापा आईजीपीबाट सम्मानित





काठमाडौं ।
सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी अधिकारी सम्मानित भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले मंगलबार प्रहरी दिवसको अवसरमा सम्मान गरेका हुन् ।
कारबाही सिफारिसमा परेका बेला उनी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए ।