Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सैन्य सहयोग कटौती गर्ने इजरायललाई अमेरिकाको चेतावनी





एजेन्सी ।
गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाले इजरायललाई पत्रमार्फत ३० दिनको समय दिएको छ । त्यसो नभए अमेरिकाले सहयोग रोक्ने चेतावनी दिएको छ ।
अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको थियो । यो अमेरिकाले इजरायल दिएको अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो ।
हालै इजरायलले गाजाको उत्तरी भागमा ठुलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको बताइएको छ । त्यसपछि अमेरिकाले यो कदम चालेको हो ।
पत्रमा अमेरिकाले गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।
इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकी पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ । यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो ।