Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपाको पार्टी कार्यालय खाली गर्न ताकेता





काठमाडौँ  ।

सरकारबाट जग्गा प्राप्त गरेर नेपाल मधेसी निजामती कर्मचारी मञ्चले बनाएको भवनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यालय रहेको छ ।

सरकारबाट प्राप्त गरेको जग्गा कसैलाई भाडामा वा अरू प्रयोजनका लागि प्रयोग गर्न नदिने प्रावधान रहेपनि महन्थ ठाकुर नेतृत्वको पार्टी वर्षौँदेखि सो भवनमा बसेको हो । यसबारे निरन्तर प्रश्न उठेपछि मञ्चले उक्त कार्यालय खाली गर्न लोसपालाई ताकेता गरेको छ ।

नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले भने लोसपा नेपाललाई बबरमहलको भवन भाडामा नदिएको बताए । अहिलेसम्म सित्तैमा बसिरहेको बताउँदै उनले अब भने आफूहरूले पार्टी कार्यालय खाली गर्न भनिसकेको बताए । तर हालसम्म लोसपाले खाली नगरेको उनको भनाइ छ ।

उनले भने, ‘एक वर्षअघिदेखि हामीले सो भवन खाली गर्न लोसपालाई भनेका हौँ । तर हालसम्म खाली गरेको छैन । चैतमा हाम्रो मञ्चको महाधिवेशन हुँदैछ त्यो महाधिवेशनबाट भवनको सम्बन्धमा ठोस निर्णय गर्छौँ ।’

उसो त लोसपा बन्नुअघिको जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यालय पनि त्यही भवनमा थियो ।

चौधरीका अनुसार २०६८ मा मधेसी कर्मचारी मञ्चले सो जग्गा सरकारबाट प्राप्त गरेको थियो । भवन निर्माणको शिलान्यास ठाकुरले नै गरेका थिए ।