Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माल्दिभ्सका राष्ट्रपतिले गरे ५० मन्त्री हटाउने घोषणा





एजेन्सी ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि कदम चालेका छन् । उनले १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएको २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका हुन् ।
यसमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक पनि पर्छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसले सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्सका मुद्रा) बचत हुनेछ ।’
राष्ट्रपति चुनावका क्रममा मोइज्जूले राजनीतिक नियुक्तिलाई ७०० मा सिमित गर्ने बाचा गरेका थिए । तर राष्ट्रपति भएपछि दुई हजारभन्दा बढी राजनीतिक नियुक्ति रहेको विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)को आरोप छ ।
यद्यपि अहिले कति राजनीतिक नियुक्ति छ भन्ने यकिन छैन, किनकी सरकारले सार्वजनिक गर्न अस्वीकार गरेको छ ।
तर मंगलबार राष्ट्रपति मोइज्जूले ठूलो संख्यामा राजनीतिक नियुक्त कटौती गर्ने घोषणा गरेका छन् । विश्वबैंकले माल्दिभ्सको अर्थतन्त्र सुधार योजनाको प्रगति सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको एक साता पनि यो घोषणा भएको हो ।
विश्व वैंकका अनुसार आर्थिक बृद्धिका बाबजुद बढ्दो सार्वजनिक ऋण, उच्च राजकीय खर्च र विशेषगरी सार्वजनिक क्षेत्रमा लगानी तथा अनुदान चिन्ताजनक छ । यो खर्च कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने विश्व बैंकको जोड छ ।