Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको झारखण्ड र महाराष्ट्रमा विधानसभा चुनावको मिति घोषणा

झारखण्डमा १३ तथा २० र महाराष्ट्रमा २० नोभेम्बरमा निर्वाचन हुने





एजेन्सी ।
भारतको झारखण्ड तथा महाराष्ट्र विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगले झारखण्डमा दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको छ भने महाराष्ट्रमा एकै चरणमा निर्वाचन गराउने तयारी गरेको हो ।
भारतको निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त राजीव कुमारले महाराष्ट्रमा २० नोभेम्बर र भाmरखण्डमा १३ र २० नोभेम्बरमा मतदान हुने जानकारी दिए । दूबै राज्यको निर्वाचनको नतिजा एकै साथ २३ नोभेम्बरमा आउने छ ।
महाराष्ट्रमा २ सय ८८ विधानसभा सीट छ भने झारखण्डमा ८१ विधानसभा सीट रहेको छ ।
यता ४८ विधानसभा र २ लोकसभा सीटकालागि समेत आयोगले उपचुनावको घोषणा गरेको हो । १३ नोभेम्बरमा ४७ विधानसभा सीटका लागि मतदान हुनेछ भने केदारनाथ विधानसभा उपचुनावका २० नोभेम्बरमा हुनेछ ।