

जनकपुरधाम ।
दसैँ बिदा सकिएपछि आजदेखि सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै सरकारी कार्यालयहरु खुुलेका छन् । सरकारी कार्यालयहरु खुलेपछि कार्यालयहरुमा सेवाग्राहीहरु समेत पुगेका छन् ।
दसैँको सप्तमीदेखि सुरु भएको दसैँ विदा आजदेखि सकिएको हो । आजदेखि सरकारी कार्यालयले सेवा पुनः शुरु गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन् ।
दसैँ बिदाको समयमा अस्पतालका इमर्जेन्सी लगायत अन्य सेवा भने खुला थिए ।
