

काठमाडौं ।
दशैं सकिए लगत्तै सुनको मूल्यमा ह्वात्तै बृद्धि भएको छ । सुनको मूल्य तोलामा १हजार ४ सय रुपैयाँले बढेको छ ।
दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।
असोज १८ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।
