Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पुबुदु दशानायके बने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक





काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् ।
जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको छ । श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षकसमेत हुन् ।
पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो ।
उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित अवस्थामा थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए ।
क्यानडा फर्किने क्रममा उनले नेपाली क्रिकेटको परिस्थिति फेरिएमा र आफूले खुलेर काम गर्न पाएमा फेरि नेपाल फर्किने बताएका थिए ।
नेपालले पहिलो पटक विश्वकप खेलेपछि क्यान र खेलाडीको आन्तरिक कलहका कारण दासानायके नेपाल छाडेर गएका थिए । त्यसपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा पनि काम गरे । त्यसपछि उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर नेपाल आएका थिए ।
अब उनले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीलाई प्रशिक्षण दिने छन् । एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।