Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा ३ उडान र एक रेल रुटमा बमको धम्की





एजेन्सी ।
सोमबार मुम्बईबाट उडेका तीन उडानमा बम रहेको धम्की दिइएको थियो । एयर इन्डियाको पहिलो उडान मुम्बईबाट न्यूयोर्क जाँदै थियो । सूचना प्राप्त हुनासाथ विमानलाई दिल्लीतर्फ मोडियो ।
विमान हाल दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको छ । विमानमा २३९ यात्रु सवार छन् ।
दोस्रो उडान इन्डिगोको ६ई–१२७५ हो, यो मुम्बईबाट मस्कट जाँदै थियो। तेस्रो उडान इन्डिगोको ६ई ५६ हो। यो मुम्बईबाट जेद्दा जाँदै थियो । यी दुवै विमानलाई आइसोलेसन बेमा राखेर परीक्षण भइरहेको छ ।
अहिले सबै यात्रुलाई विमानबाट उतारिएको छ । यहाँ मुम्बई–हावडा मेललाई पनि बम विस्फोट गर्ने धम्की दिइएको थियो । तर, छानबिन पछि रेललाई गन्तव्यमा पठाइएको थियो ।
पछिल्लो ५ दिनमा विमानमा बमको धम्कीको यो दोस्रो घटना हो । अक्टोबर ९ मा पनि लण्डनबाट दिल्लीका लागि उडेको भिस्तारा एयरलाइन्सको उडान युके १८ मा बम रहेको जानकारी आएको थियो । उडान दिल्ली पुग्न करिब ३.५ घण्टा अघि, एक यात्रुले विमानको शौचालयमा धम्कीपूर्ण टिस्यु पेपर देखेका थिए ।
उनले चालक दलका सदस्यलाई जानकारी दिए । विमानमा करिब ३ सय यात्रु र चालक दलका सदस्य सवार थिए । सुरक्षा जाँचका कारण करिब ५ घण्टा यात्रु विमानस्थलमै अलपत्र परेका थिए ।