Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दुर्गा मेलाबाट रौतहटमा पेस्तोलसहित एकजना पक्राउ





रौतहट ।

रौतहटमा दुर्गा मेला लागेको स्थानबाट स्थानीय एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन् ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।

यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपक कुमार रायले जानकारी दिए ।

उनका अनुसार यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।

प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।